site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

सार्वजनिक ट्रेलरमा नेपाल र परदेशमा दुईतिर परिवार रहँदाको समस्या, विदेशको कठिन बसाई, अर्काको देशको कानुन नबुझ्दा भोग्नुपर्ने परिणाम देखाइएको छ । 

ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।  

विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । 

सुशन प्रजापतिको छायांकन रहेको चलचित्र मंसिर ७ गते रिलिज हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro