site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति उमेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, सांगठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

निर्वाचन आयोगले मंसिर २ गते मनोनयनपत्र दर्ता गर्ने मिति तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका निम्ति उक्त दिन निर्वाचन हुनेछ ।

एकीकृत समाजवादीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ । रासस
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro