site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अग्निदहन’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘अग्निदहन’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । 

घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्रको ट्रेलरमा बोक्सी कुप्रथाविरुद्ध कथा रहेको देखिन्छ । बोक्सी हुन्छ भन्ने भ्रममा रहेको समाजले के–के सम्म गर्छ भन्ने ट्रेलरमा देखाइएको छ । शंका, आरोप, अपमान, सजाय र परिणाम ट्रेलरमा देख्न सकिन्छ । 

ग्रामीण समाजले कसरी बोक्सी कुप्रथामा विश्वास गरिरहेको छ र त्यसको असर कसले भोगिरहेको छ, सिनेमाले प्रष्ट्याउने संकेत ट्रेलरले गरेको छ । 

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङलगायतको अभिनय छ । 

मंसिर ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रलाई राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो ।

मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद छ । 

कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ । मान्छे बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रूपमा अगाडि बढाउन चलचित्र बनाएको निर्देशक लामिछानेले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro