site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले टुंग्यायो कीर्तिपुरका दुई वडाध्यक्ष उमेदवार

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको रिक्त वडामा हुने उपनिर्वाचनका लागि अध्यक्षको उमेदवार टुंग्याएको छ ।

काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार, कीर्तिपुर–१ को वडाध्यक्षको उमेदवार हर्ष महर्जनलाई बनाउने निर्णय भएको छ । त्यस्तै, कीर्तिपुरकै वडा नम्बर ४ मा बद्री बुढाथोकीलाई उमेदवार बनाउने निर्णय भएको छ । 

जिल्ला कमिटीले कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवारका लागि सुरेन्द्र मानन्धरको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ । 

त्यस्तै, काठमाडौं महानगरपालिकाको वडा नम्बर–१६ को उमेदवारका लागि लक्ष्मीरत्न तुलाधरलाई सिफारिस गरिएको उनले बताए । 

“नगरपालिकाका वडाध्यक्षबारे जिल्ला कमिटीले निर्णय गरेको हो,” उनले भने, “मेयर र महानगरपालिकाको वडाध्यक्षको निर्णय प्रदेश कमिटीले गर्ने प्रावधान भएकाले हामीले उमेदवारको नाम सिफारिस गरेका छौँ ।”

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro