site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मंगलबार १० दिनको म्याद थपिएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेको हो ।

उक्त १० दिनमा तिहार बिदा समेत गणना गरिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले बाह्रखरीलाई जानकारी दिए । त्यसानुसार, लामिछाने अझै चार दिन हिरासतमा रहनेछन् ।

उनीविरुद्ध दोस्रोपटकको म्याद थप यही कात्तिक १४ गते सकिएको थियो । त्यसपछि पाँच दिन तिहारको बिदा थियो । तेस्रोपटकको म्याद थपमा तिहार बिदाको सोही पाँच दिन समेत गणना हुनेछ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro