site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जापानका १४ सहरमा ‘ह्रस्व दीर्घ’ रिलिज हुने

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ सहमा रिलिज हुने भएको छ । टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत जापानका विभिन्न १४ सहरमा ‘ह्रस्व दीर्घ’ रिलिज हुने भएको हो । 

कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा नेपाल र दक्षिण भारतका कलाकारको अभिनय छ । 

‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, विपना  दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्मालगायतको अभिनय छ । 

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने निर्माणपक्षले बताएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro