site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
‘मिसइन्फर्मेसन’ र एआई सिर्जित तस्बिरबाट अमेरिकी चुनावमा हजारौँ कमाउँदै एक्स प्रयोगकर्ता 

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचनका विषयमा गलत जानकारी, एआईले बनाएका तस्बिर र आधारहीन षड्यन्त्र सिद्धान्त पोस्ट गर्ने केही एक्स प्रयोगकर्ताले हजारौँ डलर आम्दानी गरिरहेका छन् ।

अमेरिकी चुनावका विषयमा ‘मिस इन्फर्मेसन’, एआई सिर्जित तस्बिर र षड्यन्त्र सिद्धान्त पोस्ट गर्ने एकाउन्टलाई एक्सले हजारौँ डलर रकम तिर्ने गरेको छ । बीबीसीले यस्ता दर्जनौँ अकाउन्टको सञ्जाल फेला परेको छ । यी सञ्जालमा एकार्काले पोस्ट गरेको अर्धसत्य, अप्रमाणित, भ्रामक सामग्री पोस्ट र रिपोस्ट गर्ने गरिन्छ ।

कतिपयले यस्ता एकाउन्टबाट सयौँदेखि हजारौँ डलर आम्दानी हुने गरेको बताए । उनीहरूले बताए अनुसार, उनीहरू एकापसमा सहकार्य गरेर एकार्काका पोस्ट ग्रुप च्याटमा सेयर गर्छन् । “यो एकार्कालाई गरिएको सहयोग हो,” एक प्रयोगकर्ताले भने ।

यीमध्ये केहीले डोनाल्ड ट्रम्पलई सहयोग गर्छन् । कतिपयले कमला ह्यारिसलाई भने कतिपय स्वतन्त्र छन् । यीमध्ये धेरे प्रोफाइलले आफूहरू कुनै राजनीतिक क्यापियनसँग नजोडिएको बताएका छन् ।

अक्टोबर ९ मा एक्सले आफ्नो नियम परिवर्तन गरेर योग्यता पुगेका खातालाई भुक्तानी दिने बनायो । पोस्टमा प्रिमियम प्रयोगकर्ताको लाइक, कमेन्ट र सेयरका आधारमा भुक्तानी दिने नियम बनाइएको छ ।

धेरै सामाजिक सञ्जाल सञ्जालले प्रयोगकर्तालाई आफ्नो पोस्टबाट पैसा कामाउने सुविधा दिएका छन् । तर, एक्सबाहेक अरू सामाजिक सञ्जालले मिसइन्फर्मेसन (गलत) जानकारी फैलाएको पाएमा भुक्तानी रोक्छन् । एक्समा भने मिसइन्फर्मेसनका बारेमा कुनै निर्देशिका छैन ।

अरू सामाजिक सञ्जालको तुलनामा एक्सका प्रयोगकर्ता कमाउँछन् । राजनीतिक बहसमा पनि एक्सको महत्त्वपूर्ण प्रभाव पर्छ ।

चुनावको संवेदनशील समयमा एक्सले प्रयोगकर्तालाई उत्तेजित बनाउने गरी सही र गलत नछुट्ट्याईकन पोस्ट गर्न सहयोग त गरिरहेको छैन ? भन्ने प्रश्न कतिपयले गर्ने गरेका छन् ।

बीबीसीले पत्ता लगाएका यी नेटवर्कबाट पोस्ट गरिएका कतिपय विषय सरकारी अधिकारीले खण्डन गरिसकेका छन् । एक्समा सिर्जित यस्ता पोस्ट टिकटक र फेसबुकजस्ता धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा पनि पुगेका छन् ।

एक्समा अमेरिकी चुनावका विषयमा ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ फैलाउने एक्स एकाउन्टलाई कैयौँ अमेरिकी नेताले समेत सम्पर्क गरेर आफ्नो समर्थनमा पोस्ट हाल्न अनुरोध गरेका छन् ।

‘फ्रिडम अनकट’ नामक एउटा प्रोफाइल चलाउने एक व्यक्तिले आफ्नो पहिचान लुकाउँदै भनेअनुसार, उनी १६ घण्टासम्म एक्समा बिताउँछन् । उनका अनुसार, अमेरिकी चुनावका बारेमा पोस्ट गर्न सुरु गरेयता उनको भ्युज १.१ करोड भएको छ । उनले आफ्नो प्रोफाइल ‘मनिटाइज’ गरेका छन् र महिनाको केही हजार डलर कमाउँछन् । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro