site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने सबैको ध्येय : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने सबैको ध्येय रहेको बताएका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले बिहीबार प्रचण्डनिवास खुमलटारमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा उनले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने रहेको बताएका हुन् ।

राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्ज्वल भविष्यका निम्ति सबै एक हुनुपर्नेमा उनले जोड दिए । उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको बताए । कला–संस्कृतिको जगेर्ना नगरी राष्ट्रिय अस्मिताको संरक्षण हुन नसक्ने उनको भनाइ थियो ।

उनले तिहारका अवसरमा देश–विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कलाकारहरूले देउसीभैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro