site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कति पायो ‘पूर्ण बहादुरको सारङ्गी’ले मल्टिप्लेक्समा शो ?

काठमाडौं । तिहारको छेको पारेर बिहीबार (भोलि)बाट नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदै छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रले मल्टिप्लेक्सहरूमा राम्रै शो पाएको छ । 

देशकै ठूलो मिल्टप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले ३८ शो पाएको छ । काठमाडौं उपत्यकाभित्रका आउटलेटमा १९ र बाहिरका आउटलेटमा पनि समान १९ शो पाएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजका तीनवटा आउटलेटमा ९ शो पाएको छ । वान सिनेमाजका दुईवटा आउटलेटमा ६, एफक्यूबमा ३ र बिग मुभिजमा पनि समान तीन शो पाएको छ । 

केही मल्टिप्लेक्सले भने शो बाँडफाँट गरिसकेका छैनन् । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । 

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro