site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनभिडियाले भारतको रिलायन्सलाई एआई चिप दिँदै

काठमाडौं । एनभिडियाले भारतीय कम्पनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का लागि प्रयोग हुने प्रोसेसर उपलब्ध गराउने भएको छ । रिलायन्सले गुजरातमा बनाइरहेको एक गिगवाट डाटा सेन्टरका लागि ब्ल्याकवेल एआई प्रोसेर उपलब्ध गराउने अमेरिकी कम्पनी एनभिडियाले बताएको हो ।

कम्पनीले योट्टा डाटा सेवा तथा टाटा कम्युनिकेसन्सलाई पनि होपर एआई चिप उपलब्ध गराउने बताएको छ । एआईको विकास हुँदै जाँदा अमेरिकी कम्पनीले भारतीय बजारमा पनि बजार विस्तार गर्न थालेको हो ।

एभिडियाका सीईओ जेन्सन हुआंगले बिहीबार मुम्बईमा भएको एआई सम्मेलनमा भारतले भविष्यमा एआई निर्यात गर्ने बताएका छन् । भारतमा आईटीको विकासका लागि सबै कुरा रहेको उनले बताए ।

एनभिडियाले भारतको टेक महिन्द्राले हिन्दी भाषाको पहिला ल्वांग्वेज मोडेल इन्दुस २.० को विकास गरेको बताएको छ । टेक महिन्द्राबाहेक एनभिडियाले इन्फोसिस, टीसीएस र विप्रोलगायतसँग सहकार्य गर्ने भएको छ ।

रोयटर्सबाट ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro