site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
श्रीश भण्डारीको उपन्यास ‘अकथित’ सार्वजनिक

काठमाडौं । श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ सार्वजनिक भएको छ ।  ‘बुलिङ’को विषयलाई आधार बनाएर लेखिएको लेखक तथा पत्रकार श्रीश भण्डारीको किशोर–उपन्यास ‘अकथित’ शुक्रबारदेखि बजारमा आएको हो । 

उपन्यासमा बुलिङका कारण किशोर किशोरीको व्यक्तित्व विकासमा आउनसक्ने अवरोध र उनीहरूले सामना गर्नुपर्ने अप्ठ्याराहरूलाई कथानकमार्फत् प्रस्तुत गरिएको छ ।  

उपन्यासको मुख्य पात्र सार्थकको लजालु स्वभाव र कमजोर आत्मबलको फाइदा उठाएर उसलाई विराज र उसका केही बदमास साथीहरूको समूहले हदैसम्मको बुलिङ गरेको छ । यसकै सेरोफेरोमा उपन्यास केन्द्रित छ । 
 
प्रकाशक इटर्नल पब्लिकेसनका अनुसार किताबको मूल्य २७५ रुपैयाँ छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro