site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फिरफिरे फिरिरी’को ट्रेलरमा नेपाली समाज

काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ । हरर कमेडी सिनेमाको ट्रेलरमा वर्तमान नेपाली समाज झल्किन्छ । 

नेपाली समाजमा रहेको अन्धविश्वास, त्यसको जगमा टेकेर केही फटाह व्यक्तिले लिने फाइदा, विपरीतलिंगीप्रतिको आकर्षण र रहस्य ट्रेलरमा देखिन्छ ।

नवीन भट्टले निर्देशन गरेको चलचित्र ‘फिरफिरे फिरिरी’ कात्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन छ । 

मनोज कुमार अधिकारीको निर्माण रहेको चलचित्रका सह–निर्माता नितिश पुन हुन् । 

यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । सिनेमामा मनोज कुमार अधिकारी, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायत कलाकारको पनि अभिनय छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro