site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोखरामा रास्वपाको प्रदर्शन जारी

काठमाडौं । सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन जारी राखेका छन् । बिहीबार पोखराका विभिन्न स्थानमा उनीहरूले धर्ना र प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘निर्दोष रवि फसाउने ? सक्दै सक्दैनौ’, ‘सहकारी बचतकर्ताको रकम फिर्ता गर’, ‘भ्याट छल्नेहरूलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसैबीच, रास्वपाले शुक्रबार (भोलि)देखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नपाएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।

सहकारीको बचत ठगी प्रकरणमा अनुसन्धानका निम्ति गएको शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । रास्वपाले भने राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउँदै आएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro