site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिसँग विपक्षी दलका नेताहरूको छलफल

काठमाडौं । विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित विपक्षी दलका नेताहरू बुधबार शीतल निवास पुगेका हुन् ।

उनीहरूले सरकारका कामबारबाही र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रबारे ब्रिफिङ पनि गरेका छन् ।

“हामीले प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र लगायतबारे ब्रिफिङ गर्‍यौँ,” उनले भने ।

विपक्षी दलका नेताहरूले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका पनि प्रस्तुत गरेका छन् । राष्ट्रपतिले आफूलाई संविधानले दिएको कर्तव्यभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

विपक्षी दलका नेताहरूले यसअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro