site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको दाबी– सरकारले १०० दिनमा ७० प्रतिशत काम गर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । 

सरकारको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता प्रस्तुत गरेको बताए ।

“थालेका काम अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो,” उनले भने । 

उनले थालिएको कामको योजना बनाएर प्राथमिकता तोकिएको बताए । त्यसैका आधारमा कार्यसम्पादन सम्झौता गरिएको उनले सुनाए । उनले सबै मन्त्रालयले पहिलो, दोस्रो सय दिनमा गर्ने कामको सूची बनाएको पनि बताए ।

उनले पहिलो सय दिनमा गर्ने भनिएको ७० प्रतिशत काम भएको बताए । 

“पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।

उनले प्रकृति प्रतिकूल नभएको भए बाँकी ३० प्रतिशत काम पनि हुने सुनाए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro