site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेबारे के भन्छन् नारायणकाजी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिएको बताएका छन् । बुधबार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने बताए । 

उनले आफूहरूले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहीत कारबाही हुनुपर्ने बताए । सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारबाहीको दायरामा ल्याउनु भेदभाव देखिएको उनको भनाइ छ । 

उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरूले आन्दोलनभन्दा पनि खबरदारी गर्न लागेको बताए । 

श्रेष्ठले अहिले विपत्तिका बेला सबै राजनैतिक दल मिलेर जनतालाई राहत, उद्धार र पुन:स्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गरे । श्रेष्ठले नेपालमा कम्युनिष्टहरू मिल्नुको विकल्प नभएको तर तत्काल मिल्ने अवस्था नरहेको बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro