site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘तेल भिसा’को गीत ‘कति रमाइलो’ सार्वजनिक 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘तेल भिसा’को गीत सार्वजनिक भएको छ । ‘कति रमाइलो’ बोलको गीतमा अञ्जु पन्त र आशिष अभिरलको स्वर छ । एकनारायण भण्डारीको शब्द रचना छ भने संगीत आशिष स्वयंको छ ।

गीतले प्रेम, विवाह र वैवाहिक जीवनको सुखलाई बोलेको छ । गीतको भिडियोमा विपीन कार्की, वर्षा राउत, दिलीप रायमाझी, सुशील क्षेत्री, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साललगायतलाई देख्न सकिन्छ ।  

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।  

विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । 

सुशन प्रजापतिको छायांकन रहेको चलचित्र मंसिर ७ गते रिलिज हुनेछ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro