site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कवि ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ प्रदान

काठमाडौं । साहित्यिक पत्रकार संघले कवि शकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८०’ प्रदान गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीले कवि ज्ञवालीलाई सम्मान पत्र समर्पण गर्दै उनको काव्यिक क्रियाशीलताको चर्चा गरिन् ।

कवि तथा समालोचक प्रमोद प्रधानले सम्मानित स्रष्टाको परिचय दिँदै उनका प्रकाशित कृतिका बारेमा बोले । संघका अध्यक्ष राधेश्याम लेकालीले केही वर्षअघि नै यो सम्मानको घोषणा गरिएको बताए ।

कार्यक्रममा सम्मानित स्रष्टा ज्ञवालीका साथै प्रा.डा. लक्ष्मणप्रसाद गौतम, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, मीना सिंह खड्का, मदनदास श्रेष्ठ र प्रा.डा. सुरेन्द्र के.सी. बोलेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro