site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शीर्ष नेता बाहिर हुँदा विपक्षी दलले ज्ञापनपत्र बुझाउने समय सर्‍यो 

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने समय सारिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू काठमाडौं बाहिरबाट आइपुग्न ढिला भएकाले समय सारिएको हो ।

“शीर्ष नेताहरू बाहिरी जिल्लाबाट आउन समय लाग्ने भएको छ । उहाँहरू आएपछि ज्ञापनपत्र बुझाउँछौँ,” माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने ।

सोमबार साँझ ४ः३० मा विपक्षीले ज्ञापनपत्र बुझाउने तय भएको थियो । अब समय सारेर राति ८ बजे ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । 

गएको शुक्रबार बसेको विपक्षी दलको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । बैठकले माओवादीका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल रहेको कार्यदल गठन पनि गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro