site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
न्यायपालिकालाई लयमा फर्काउने प्रधानन्यायाधीश राउतको अठोट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्धरूपमा अघि बढाउने बताएका छन् । सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको सामूहिक भेटमा उनले अहिले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरू रहेको पनि दाबी गरे ।

उनीहरूको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको उनको भनाइ छ ।

उनले अदालतभित्र रहेका असहज परिस्थिति सल्ट्याउने दायित्व पूरा गर्ने बताए । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरूले सञ्चारकर्मीहरूबाट साथ र सहयोगको अपेक्षा गरेको बताए ।

"निष्कलंक छवि भएका न्यायाधीशहरू छन् । त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्धरूपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौँ," उनले भने ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro