site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछाने पक्राउबारे एमालेले भन्यो– छानबिन प्रक्रियालाई सहयोग गर्नुपर्छ

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विषयमा प्रतिक्रिया जनाएको छ ।

आइतबार साँझ एमालेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदीय छानबिन समितिले गरेको सिफारिसका आधारमा रविलाई पक्राउ गरिएको बताए ।

“हाम्रो पार्टीको दृष्टिकोण कुनै अमूक व्यक्तिलाई कारबाही गर्नुपर्छ या सफाइ गर्नुपर्छ भन्ने कुनै दृष्टिकोण छैन । छानबिनले जे उचित देख्छ, त्यसैका आधारमा विषयवस्तुहरू अगाडि बढ्दछन्,” उनले भने ।

महासचिव पोखरेलले प्रतिवेदनले दोषी ठहर गरेकाहरू छानबिनको प्रक्रियामा आउनुपर्ने पनि बताए ।

"यसमा जो कोही बारेमा प्रतिवेदनले इङ्गित गरेको छ, उनीहरू छानबिनको प्रक्रियामा आउनुपर्छ । र, छानबिनको प्रक्रियालाई सहयोग पुर्‍याउनु पर्दछ," उनले भने ।

रवि लामिछाने पक्राउबारे शंकर पोखरेले के भने ?

अनुसन्धानको आफ्नो प्रक्रिया हुन्छ । खासगरी लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधिहरूको संस्था प्रतिनिधिसभा आफैँमा सर्वोच्च संस्था हो । संसद्ले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा नेपाल सरकारले आवश्यक कारबाहीका लागि सम्बन्धित लेखी पठाएको थियो र सम्बन्धित निकायले अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएका छन् ।
र, यो विषय सरकारको विषय मात्र नभएर संसद्को साझा सरोकारको विषय हो । त्यस अर्थमा यो सरकार भर्सेस हुनुपर्ने कुनै आवश्यकता छैन । संसद्को सर्वसम्मत निर्णयका आधारमा यो प्रक्रिया अगाडि बढेको छ । र, यसमा जो कोही बारेमा प्रतिवेदनले इङ्गित गरेको छ, उनीहरू छानबिनको प्रक्रियामा आउनुपर्छ । र, छानबिनको प्रक्रियालाई सहयोग पुर्‍याउनु पर्दछ ।
र, स्वाभाविकरूपमा छानबिनको प्रक्रियाले जे ठहर गर्छ, त्यसैका आधारमा प्रक्रियाहरू अगाडि बढ्छ । हाम्रो पार्टीको दृष्टिकोण कुनै अमुक व्यक्तिलाई कारबाही गर्नुपर्छ या सफाई गर्नुपर्छ भन्ने कुनै दृष्टिकोण छैन । छानबिनले जे उचित देख्छ त्यसैका आधारमा विषयवस्तुहरू अगाडि बढ्दछन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro