site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले भन्यो– मीनबहादुर गुरुङबाट भएको जग्गा प्राप्ति ‘स्वाभाविक’, कुनै स्वार्थ बाझिँदैन

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको भवन निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट भएको जग्गा प्राप्तिलाई ‘स्वाभाविक’ भनेको छ । एमालेले गुरुङबाट जग्गा प्राप्त हुँदा कुनै स्वार्थ नबाझिने पनि तर्क गरेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले जग्गा प्राप्तिमा देखिएका जटिलता कानुनी प्रक्रियाबाट समाधान गर्ने पनि बताए ।

“उहाँले हामीलाई दान गर्ने कुरा गर्नुभएको छ । र, यो दानको प्रक्रियामा रहेको विषय भएको हुनाले स्वभाविकरूपमा हामीले मीनबहादुर गुरुङमार्फत दान प्राप्त गरेको विषय हो । जसलाई हामी कानुनी प्रक्रियाद्वारा समाधान गर्छौं । स्वार्थ बाँझिनुपर्ने कुनै कारण छैन,” पोखरेलले भने ।

महासचिव पोखरेलले ०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि कुनै व्यवसायीले गरेको सहयोगलाई स्वाभाविकरूपमा लिनुपर्ने जिकिर गरे ।

"महाविपत्तिका बेलामा भएको क्षतिको सहयोग प्राप्त गर्ने हक हरेकलाई हुन्छ । र, त्यो नेकपा एमालेलाई पनि छ भन्ने कुरालाई बुझ्नुपर्दछ । त्यस अर्थमा नेकपा एमालेले सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित कुनै अनुचित काम होइन, विपतका बेला संकट परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो," पोखरेलले भने ।

मीनबहादुर गुरुङबाट भएको जग्गा प्राप्तिबारे के भने शंकर पोखरेलले ?

पहिलो कुरा त म तपाईंहरूलाई के बताउन चाहन्छु भने, खासगरी १० वर्ष अगाडिको भूकम्पबाट राज्यका धेरै संरचनाहरू क्षतिग्रस्त भए, हजारौँ नागरिकका घरहरू भत्किए । र, स्वाभाविकरूपमा अन्तर्राष्ट्रिय समुदायसमेत संलग्न भएर राहत र उद्धारका कामहरू गर्ने पुनर्निर्माणका कामहरू गर्ने खालको काम भयो । र, हाम्रै पार्टी नेतृत्वको सरकारले जनताका घरहरू बनाउने सार्वजनिक भवनहरू निर्माण गर्ने र सम्पदा क्षेत्रको पुनर्निर्माण गर्ने कामको सफलतापूर्वक नेतृत्व पनि गर्‍यो । र, त्यही क्रममा क्षतिग्रस्त भएको भवन हो, हाम्रो पार्टी कार्यालयको भवन ।
त्यस अर्थमा यो सार्वजनिक सरोकारको विषय हो । राज्यले मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले समेत त्यो क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदाखेरि एकजना व्यवसायीले म नेकपा (एमाले)ले बेहोरेको क्षतिका सन्दर्भमा बारेमा गम्भीर छु । म सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका रूपमा पनि लिनुपर्दछ भन्ने मलाई लाग्दछ ।
महाविपत्तिका बेलामा भएको क्षतिको सहयोग प्राप्त गर्ने हक हरेकलाई हुन्छ । र, त्यो नेकपा एमालेलाई पनि छ भन्ने कुरालाई बुझ्नुपर्दछ । त्यस अर्थमा नेकपा एमालेले सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित कुनै अनुचित काम होइन, विपतका बेला संकट परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो ।
राज्यकै कुनै एउटा नागरिकले म त्यो क्षतिका सन्दर्भमा सहयोग गर्न तयार छु भन्ने कुरालाई स्वभाविक रूपमा लिनुपर्दछ भन्ने म ठान्दछु ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro