site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अदालतले न्याय दिनेमा निर्धक्क छु, ओली सरकार चाहिँ ढल्नैपर्छ : रवि लामिछाने

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरूसँग लामिछानेले अदालतबाट न्याय पाउनेमा आफू निर्धक्क रहेको बताए ।

"मलाई न्याय अदालतले दिने छ, म त्यसमा निर्धक्क छु," लामिछानेले भने ।

उनले सरकारविरुद्ध भने प्रदर्शन जारी राख्न आह्नान गरेका छन् । केपी ओली नेतृत्वको सरकार रहिरहे देशले धेरै दु:ख पाउने उनको भनाइ छ ।

"यो सरकारविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरा लागि होइन । अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ," उनले भने ।

उनले आफूलाई झुटो मुद्दामा फसाइएको पनि जिकिर गरे ।

सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेका लामिछानेलाई गत शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro