site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार नढलेसम्म सडकमै रहन रवि लामिछानेको अपिल 

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला लामिछानेले यस्तो अपिल गरेका हुन् ।

उनले भने, “केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । सबैले सडकबाटै दबाब दिन जरुरी भइसकेको छ ।”
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro