site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ज्वाइँ साब’ले कति गर्‍यो कलेक्सन ? निर्देशक वसन्त भन्छन्– सुरुमा नलगाएका हलले अहिले लगाए 

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ले सिनेमाको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । दश दिनमा यो चलचित्रले ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

“हाम्रो चलचित्रले दश दिनमा ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । हरेक दिन कलेक्सन बढिरहेको छ,” निर्देशक वसन्त निरौलाले बाह्रखरीसँग भने । 

सुरुमा उत्साहजनक शो पाएको सिनेमाले दर्शक नपाएपछि शो घटेको थियो । तर वर्डअफ माउथ राम्रो हुँदा पुनः शो थपिँदै गएको उनले बताए । 

“शो पुनः थपिँदैछ । सुरुमा धनगढीमा हाम्रो सिनेमा लागेको थिएन । अहिले त्यहाँको हलले पनि लगाएको छ,” उनले भने, “दाङ र नेपालगन्जमा पनि शो थपिएका छन् ।” सिनेमा हेर्ने दर्शकले राम्रो भनेकाले शो थपिँदै गएको उनको भनाइ छ । 

असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेममा तिहारसम्म मजाले चल्ने निर्देशकको विश्वाु तछ । 

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro