site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फिरफिरे फिरिरी’को गीत ‘टिमिक्कै चोली’ सार्वजनिक

काठमाडौं । हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गीतमा अनु चौधरीको स्वर छ । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत छ । 

मोडल अलिशा शर्माले नृत्य गरेकी छन् । कात्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रलाई नवीन भट्टले निर्देशन गरेका छन् । 

चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सहनिर्माता रहेका छन् । चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन छ । 

चलचित्रमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro