site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गजल

सूर्यनारायण एच पेलिस

मेरो त्यो मातृभूमिको ऋण अझै तिर्न नसकेर
आजित छु आज म आफ्नै देश फिर्न नसकेर

माटोको टीका लगाई आउँछु भनी हिँडेँ
कागझैँ घुम्दै छु यता कुहिरो चिर्न नसकेर

बालापनले न चिन्दा गाढा मनले न बुझ्दा
किनारामै छु यहाँ मूलबाटो छिर्न नसकेर

गाउँमा गुँड भत्क्यो रे शून्य शून्य लेकबेसी
रुन्छु यसै स्मृतिका पानाबाट गिर्न नसकेर

ठाँटिएर दौरा सुरुवाल गर्वले भिर्न नसकेर
आजित छु म आफ्नै भेषमा फिर्न नसकेर ।
(म्याग्दे–६, तनहुँ)

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro