site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कर्मा’का लागि जिम गर्दै विपीन, एक्सन भूमिकामा हो ?
तस्बिर : निर्देशक सौरभ चौधरीको फेसबुकबाट ।

काठमाडौं । चलचित्र ‘कर्मा’का लागि अहिले विपीन कार्की जिम गरिरहेका छन् । केही महिनापछि छायांकन हुने चलचित्रका लागि उनी अहिले जिम धाइरहेका छन् । 

“करिब दुई सातादेखि जिम गरिरहेको छु । दुईदेखि तीन महिना जिम गरेपछि चलचित्रका लागि ज्यान फिट हुन्छ,” उनले बाह्रखरीसँग भने, “पूरै एक्सनमा नभए पनि जिममा वर्कआउट गरेर मसलवाला क्यारेक्टर छ । त्यसैले अझै दुई/तीन महिना जिम गएर ज्यान बनाउनुपर्नेछ ।” 

चलचित्र ‘कर्मा’ले रिलिज डेट घोषणा गरेको छ । निर्माणपक्षका अनुसार ‘कर्मा’ चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । 

अनाउन्समेन्ट डेट सार्वजनिक गर्दै निर्माणपक्षले विपीन मुख्य भूमिकामा रहेको पोस्टरमार्फत् जानकारी दिएको छ । अनाउन्समेन्ट पोस्टरमा विपीन जिममा रहेको देखिन्छ । 

‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro