site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दीपक भन्छन्– ‘छक्का पञ्जा–५’ले दुई करोडभन्दा माथि ओपनिङ गर्‍यो 

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ले सिरिजकै उच्च ओपनिङ गरेको छ । दसैँको फूलपातीको अवसर पारेर हिजोबाट रिलिज भएको चलचित्रले पहिलो दिन ‘छक्का पञ्जा’का अघिल्ला चार सिरिजको भन्दा धेरै ग्रसकलेक्सन गरेको हो । 

‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जा–३’को ओपनिङको रेकर्ड तोडेको बताए । ‘छक्का पञ्जा–३’ले पहिलो दिन एक करोड ७० लाख ग्रसकलेक्सन गरेको थियो । 

“ठ्याक्कै अंक चाहिँ हामीलाई वितरक मनोज राठीले भन्नु भएको छैन । तर छक्का पञ्जाका सबै सिरिजको रेकर्ड तोड्यो भन्नु भएको छ,” दीपकले बाह्रखरीसँग भने, “उहाँले दुई करोड रुपैयाँ क्रस गरेको बताउनु भएको छ । केही समयमा तथ्यांक पनि आउला ।” 

“सोलो रिलिजको अवसर पाएको भए यो सिनेमा इतिहासकै ठूलो सिनेमा हुने रहेछ,” दीपकले भने । 

यो चलचित्र नचलेको भए गलत सन्देश जाने उनको भनाइ छ । “यो चलचित्र नचलेको भए गलत सन्देश जाने थियो । सामाजिक सञ्जालले सिनेमा चल्ने नचल्ने निर्धारण गर्छ भन्ने गलत म्यासेज जाने थियो,” उनले भने, “तर छक्का पञ्जा–५ चलेर गलत म्यासेज जान दिएन ।”

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro