site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । बुधबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित होटेल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताए । नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने उनको भनाइ थियो । पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने उल्लेख गरे । पैसा कम भए पनि गतिलो काम गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले भने, "हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ । पैसाले एउटा उद्यमशिलता, नयाँ सोच तयार गर्नुपर्छ । नयाँ ठाउँमा लगानी गर्नुपर्छ । पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भए पनि गतिलो काम गर्न सकिन्छ ।"

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro