site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उद्धार कोषमा एमालेका तर्फबाट ५० लाख हस्तान्तरण

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताए । तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको उनले उल्लेख गरे ।

यही असोज १५ गते बसेको एमाले सचिवालय तथा संसदीय दलको बैठकबाट उक्त कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro