site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कोइरालाको राष्ट्रिय गीत ‘कता छ स्वर्ग’ सार्वजनिक 

काठमाडौं । कवि तथा गीतकार शंकरप्रसाद कोइराला (एसपी)को रचनामा ‘कता छ स्वर्ग ?’ बोलको नयाँ राष्ट्रिय गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । 

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतमा शक्ति बल्लभको संगीत र सुमित खड्काको स्वर रहेको छ । 

देशभक्ति भावनाले प्रेरित गीतमाथि तयार म्युजिक भिडियो पनि देशभक्ति भावनालाई झल्काउने खालको बनाइएको छ । देवराज आचार्यद्वारा निर्देशित म्युजिक भिडियोमा गायक खड्काका साथै पूर्वअर्थमन्त्री समेत रहेका गीतकार कोइराला स्वयंले अभिनय गरेका छन् । 

मनोहर सुनामको संगीत संयोजन रहेको गीतमा भोला पौडेलको रेकर्डिङ तथा मास्टरिङ रहेको छ भने कोरियोग्राफी झरना कला केन्द्र र भिडियो सम्पादन हिम्मत चुसिरले गरेका छन् ।  

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro