site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा–५’को ट्रेलरमा भ्रष्ट सरकारी सेवाविरुद्ध दीपकको पौँठेजोरी 

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक ट्रेलरले चलचित्रको कथा खोलेको छ । 

ट्रेलरले निजामति सेवाभित्र रहेको विकृतिलाई उठान गर्ने संकेत देखाएको छ । कर्मचारीतन्त्रमा जनताको ठूलो असन्तुष्टि छ । त्यही विषयलाई यो चलचित्रले देखाउने भएको छ । 

ट्रेलरले चलचित्रका मुख्य पात्र दीपकराज गिरीलाई एक इमान्दार कर्मचारीका रूपमा देखाएको छ । उनी राज्यको दुई रुपैयाँमा पनि बेइमानी गरेर नलिएको भन्दै सहकर्मीसँग पौठेजोरी खेलिरहेको देखिन्छ ।  

उनले निजामति सेवाभित्रै रहेर त्यहाँभित्र रहेको भ्रष्टाचारविरुद्ध संघर्ष गरेको देखाइएको छ । त्यसको नतिजा पनि उनले भोगेको ट्रेलरमा देखिन्छ । 

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रको ट्रेलरमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, ब्रजेश खनाललगायत कलाकार छन् । 

असोज २४ गते रिलिज हुने चलचित्रमा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको छ । चलचित्रमा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कपिल पराजुलीको कलर तथा विपीन मल्लको सम्पादन रहेको छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गर्दैछन् ।

 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro