site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पीडित बचतकर्तामाथि ‘रास्वपाबाट ढुंगा र बोतल प्रहार’, प्रहरीले लियो नियन्त्रणमा (भिडियो)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नम्बर–३ का सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारीका पीडित बचतकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामिछाने शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनीहरूले प्रदर्शन गरेका थिए । सहारा सहकारीका पीडित बचतकर्ता ब्यानरसहित नारा लगाउँदै कार्यक्रमस्थलमा आउने क्रममा नारायणगढको लायन्सचोकमा प्रहरीले तितरबितर पारेको थियो ।

त्यसपछि पनि उनीहरू कार्यक्रमस्थलमा पुगेका थिए । कार्यक्रमस्थलबाहिरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै ढुंगा प्रहार गरिएको दाबी गरेका छन् ।

सहारा सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे ।

सहारा सहकारीबाट गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँ के हो, १५ प्रतिशतको लामिछाने भागीदार हुने/नहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट एक्कासि आफूहरूमाथि ढुंगा र बोतल प्रहार गरिएको दुवाडीले बताए । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro