site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
के छ जितुको चलचित्र ‘ज्वाइँ साब’को ट्रेलरमा ?

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्रको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ ।

ट्रेलर प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । छोराको बिहे गर्ने उमेरमा बुवाले आफैँ बिहे गरेपछि जितुको जीवनको उतारचढाव ट्रेलरमा देखाइएको छ । 

चलचित्रकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले गरेको विभिन्न प्रतिस्पर्धामा जितु पनि सहभागी छन् । 

ट्रेलरमा चलचित्रका कलाकारहरू जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायत कलाकारलाई स्थान दिइएको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, हिमेश पन्त, शिवहरी वैरागीलगायत कलाकारको अभिनय छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro