site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’को पहिलो दिनको ग्रसकलेक्सन ८० लाख 

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ले सुखद ओपनिङ गरेको छ । घटस्थापनाको दिन पारेर बिहीबार रिलिज भएको चलचित्रले पहिलो दिन ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

“बेहुली फ्रम मेघौलीले पहिलो दिन बिहीबार देशभरबाट करिब ८० लाख रुपैयाँ कलेक्सन गरेको छ,” वितरक अशोक शर्माले बाह्रखरीसँग भने । 

‘बेहुली फ्रम मेघौली’ले देशभर ३३५ भन्दा धेरै शो पाएको थियो । नेपालमा यति धेरै शो पाउने यो पहिलो चलचित्र हो । 

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् । 

चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ । सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसपछिको उत्पन्न परिस्थितिको कथा पेस गर्छ । 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतको लगानी छ । 

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ । 

जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro