site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारलाई गगन थापाले भने– यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले विपद्का बेला सरकारको जिम्मेवार निकायका प्रमुख एवं अधिकारी देशभित्र नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले सरकारले यस्तो बेलामा आलोचना सुन्नुपर्नेमा जोड दिए ।

“यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन । मुख्सचिव, प्राधिकरण (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण) प्रमुख आफ्नो ठाउँमा देखिएनन् । बैठक धेरै भए गुनासा छन्,” उनले भने ।

हालैको अविरल वर्षाको समयमा रात्रि बस सञ्चालन नगर्ने त्यसअघि नै गरिएको निर्णय उनले स्मरण गरे । तर, रात्रि बस चलाइएको र त्यसको जिम्मा ‘कसैले’ लिनुपर्ने उनले बताए ।

संघ सरकारको ध्यान उद्धार कार्यमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । “उद्धारमा संघीय सरकारको फोकस होस्, राहतको जिम्मा स्थानीय तहलाई दिनुपर्छ,” उनले भने ।

विपद्‌मा पीडितलाई सहयोगका निम्ति ढिलाइ गर्न नहुने उनले उल्लेख गरे । “क्षतिको विवरण गर्ने कुरामा ढिलो नगरौँ । जाजरकोटको भूकम्पपीडितले दोस्रो किस्ता पाएनन्,” उनले भने, “विपत्ति तत्काल बिर्सिन्छौँ । विपद्‌मा परेकालाई पैसा दिने कुरालाई सहज बनाइदिनुस् ।”

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro