site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सानो संसार’ कात्तिक ९ मा प्रदर्शन हुने 

काठमाडौं । ‘सानो संसार’ कात्तिक ९ गते रिलिज हुने भएको छ । गत शुक्रबार रिलिज भए पनि वर्षापछिको प्राकृतिक विपद्का कारण प्रदर्शन स्थगित भएको चलचित्र कात्तिक ९ मा प्रदर्शनमा आउने निर्माता अर्जुन कुमारले बताएका छन् । 

‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हो । ‘सानो संसार’ले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको थियो । 

यसमा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । 

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । 

सिद्धार्थ पुडासैनीले सिनेमालाई निर्देशन गरेका छन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro