site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन् । 

अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको भेटमा नेपाल–अमेरिका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

उनीहरूबीच शान्ति, मानव अधिकार र प्रजातन्त्रका विषयमा पनि कुराकानी भएको थियो । 

भेटमा मन्त्री राणाले नेपाल शान्ति, मानव अधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसद्ले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी कानुनबारे उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् । मन्त्री राणाले नेपालले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू छिट्टै टुंग्याउने बताएकी थिइन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री राणा वासिङ्टन डीसीमा छिन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro