site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
शाओमी रेड्मी १४ सी नेपाली बजारमा, यस्ता छन् १४ देखि २० हजार रुपैयाँ पर्ने तीन फोन 

काठमाडौं । शाओमीले रेड्मी १४ सी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । शक्तिशाली प्रदर्शन, अद्भुत डिस्प्ले, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न रेड्मी १४ सी ल्याएको कम्पनीले जनाएको छ ।

फोनमा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किङ र गेमिङ प्रदर्शन निश्चित गर्ने कम्पनीको भनाइ छ ।

आकर्षक तस्बिर र सेल्फीका निम्ति ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा फोनमा उपलब्ध छ । १८ वाटको फास्ट चार्जिङ र अधिकतम आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजसहित ५१६० एमएएचको ब्याट्री फोनमा छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले नेपालमा रेड्मी १४ सी ल्याउन पाएकामा खुसी व्यक्त गरेका छन् ।

मूल्य र फिचर
शक्तिशाली मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसर रहेको फोन कोर्टेक्स–ए७५ र कोर्टेक्स–ए५५ कोरको विशेषता भएको अक्टा–कोर सीपीयू र माली–जी५२ एमसी २ जीपीयूसहित सहजै ग्राफिक ह्यान्डल गर्ने कम्पनीले जनाएको छ । रेड्मी १४ सीमा ६०० निट्स एचबीएमले अधिकतम उज्यालो र कम ब्लु लाइटमा पनि सहजै स्मार्टफोन चलाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

ब्राउजिङ, गेमिङ वा भिडियो हेर्नेका निम्ति फोनको ब्याट्रीले २२ घण्टासम्मको भिडियो प्लेब्याकलाई सपोर्ट गर्ने बताइएको छ ।

रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रिमी पर्पल र सेज ग्रीनका तीन रङमा उपलब्ध छ । फोनको चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको प्रतिमूल्य १३ हजार ९९९ रुपैयाँ कायम छ ।

यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ । आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ कायम छ ।

यही असोज ११ गतेदेखि नै यी फोन नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro