site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सानो संसार’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘सानो संसार’ प्रिमियर गरिएको छ । बुधबार भएको प्रिमियरमा चलचित्र हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।  चलचित्र हेर्ने कलाकार तथा दर्शकले सिनेमा राम्रो भएको प्रतिक्रिया दिएका हुन् । 

मध्यम वर्गीय परिवारको कथाले दर्शकलाई होल्ड गर्ने प्रतिक्रिया दिएका छन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मौलिक कथामा निर्माण भएको चलचित्र उत्कृष्ट रहेको बताए । उनले कथा सँगै अभिनयको प्रशंसा गरे । नेपाली सिनेमा क्षेत्रले ५ जना उत्कृष्ट कलाकार पाएको डिसीले बताए । 

संवाददेखि प्रस्तुतिकरणसम्म उत्कृष्ट रहेकाले हरेक परिवारले हेर्नै पर्ने सिनेमा बनेको डिसीको भनाइ छ । 

प्रिमियर शोमा चलचित्र हेरेका अन्य कलाकार तथा सिनेमाकर्मीहरूले पनि नेपाली सिनेमा क्षेत्रका थोरै राम्रा चलचित्रमध्ये ‘सानो संसार’ एक भएको बताए । 

चलचित्र हेर्न निर्देशक रामबाबु गुरुङ, ज्ञानेन्द्र देउजा, सुरेन्द्र पौडेल, निर्माता रौनक विक्रम कँडेल, रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेता जितु नेपाल, विल्सन विक्रम राईलगायत कलाकार पुगेका थिए ।

निर्माता अर्जुन कुमारले आफूले हालसम्म बनाएका आठवटामा यो सबैभन्दा राम्रो चलचित्र भएको दाबी गरेका छन् । उनले सिनेमाले अभिभावक र सन्तानबीचको सम्बन्धलाई सुमधुर बनाउन चलचित्रले भूमिका खेल्ने बताए । 

कार्यकारी निर्माता माधव वाग्लेले आफूलाई ‘सानो संसार’ सिरिज नै मन परेकाले यसमा चलचितत्र बनाउन आफू तयार भएको बताए । उनले सानो संसारको रिलिजसँगै नेपाली सिनेमा उद्योगले क्षमतावान निर्देशक, लेखक र कलाकार पाउने दाबी गरे । 

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।

अर्जुन कुमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन् । 

सिद्धार्थ पुडासैनीले निर्देशन गरेको चलचित्रमा कथा लेखनमा सरिष्मा खत्रीले निर्देशक पुडासैनीलाई सघाएकी छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro