site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान दिवसको विरोधमा जनकपुरमा र्‍याली

काठमाडौं । जनकपुरमा संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध र्‍याली निकालेको छ । मधेस सरकारमा समेत रहेको लोसपाका नेता कार्यकर्ताले संविधान दिवसको विरोधमा कालोपट्टी बाँधेर कालो झन्डासहित प्रदर्शन गरेका हुन् ।

प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा भएको प्रदर्शनका क्रममा उनीहरूले 'विभेदपूर्ण संविधान'ले मधेसी जनताका अधिकार संरक्षण नगरेको बताएका थिए ।

उनीहरूले मधेसी जनताको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न पनि माग गरेका छन् ।

नेता सोनलले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारूलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे ।

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro