site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१६ राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदित 

काठमाडौं । संसदीय सुनुवाइ समितिले १६ राजदूतलाई अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले बहुमतका आधारमा अनुमोदन गरेको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए ।

अर्यालले धनप्रसाद पण्डित, कपिलमान श्रेष्ठ र नेत्रप्रसाद तिम्सिनामाथि फरक मत राखे । अधिकारीले शंकर शर्मा, पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत राखे । समितिले फरक मतसहित अनुमोदन गरेको हो । 

समितिमा १७ जनाको प्रस्ताव गरिएको थियो । श्रीलंकाको लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको अनुमोदन भने भएन । उनको कागज नपुगेका कारण अनुमोदन नभएको समितिले जनाएको छ । भट्टराईको कागज मगाइएको छ । भट्टराईको कागज आएपछि सुनुवाइ गर्ने समितिले जनाएको छ । 

समितिले चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई अनुमोद गरेको छ । 

त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शनलाई अनुमोदन गरेको हो । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro