site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा–५’को गीत ‘ब्रेक अप’मा प्रेम, धोका र गाली  

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । ‘ब्रेक अप’बोलको गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ । 

गीत प्रेम, धोका, विवाह र गाली समावेश छ  । आफूले माया गरेको व्यक्तिले अर्कैसँग विवाह गर्न लागेपछिको अवस्था गीतमा सुन्न र देख्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् । 

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन् । 

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । 

हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपीन मल्लको सम्पादन छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro