site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठगी प्रकरणको प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पारित

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संसदीय छानबिन समितिले तयार पारेको सहकारी ठगी प्रकरणको प्रतिवेदन पारित गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयमा पठाउन निर्णय भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार, अब प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालयसहितका निकायमा पठाइने छ ।

बुधबार नै सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । 

यसअघि, छानबिन समितिका सभापति सूर्य थापाले भदौ ३१ गते संसद्‌मा प्रतिवेदन पेस गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका थिए । 

प्रतिवेदन पारित भएसँगै अब कार्यान्वयनको बाटो खुलेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro