site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगनलाई धन्यवाद दिँदै देउवाले भने– रवि त चलाख रहेछन्, त्यस्तो गर्छन् भनेर पत्याएकै थिइनँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले कांग्रेसले संसद्‌मा लामिछानेबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गरे ।

संसदीय छानबिन विशेष समिति गठन गर्ने क्रममा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागे पनि अहिले प्रमाणित भएको उनको भनाइ छ ।

उनले पार्टीका महामन्त्री गगन थापालाई लामिछानेको विषय उठान गरेर समिति बनाउन दबाब दिएकोप्रति धन्यवाद दिए ।

"सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई," उनले भने ।

संसदीय छानबिन समितिका सदस्यहरूका अनुसार, सहकारीबाट रकम निकाल्ने क्रममा लामिछानेको संलग्नता देखिएको छ । तर, सहकारीबाट आएको रकम चलाउने क्रममा उनको संलग्नता रहेको पाइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro