site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै 

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् ।
 
नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ । 

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । साउन ११ गते माओवादी कोसी सरकार छाडेको थियो । 

कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन् । 

प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

गत वैशाख २७ गते कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro