site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीले अमेरिकाका दुई विश्वविद्यालयमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा यी दुई विश्वविद्यालयमा पनि सम्बोधन गर्ने उनले जानकारी गराए ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे ती विश्वविद्यालयमा प्राज्ञिक दृष्टिकोण राख्ने जानकारी गराएका हुन् । अमेरिका भ्रमण र राष्ट्रसंघको महासभामा भाग लिने विषयबारे उनले प्रतिनिधिसभामा विस्तृमा जानकारी गराए ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले राष्ट्रसंघको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र त्यस्तो कार्य स्वीकार पनि नगर्ने नेपालको नीतिबारे स्पष्ट पारे ।

नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय आफूले राष्ट्रसंघमा राख्ने उनले बताए ।

“विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरू जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसंघमा राखिनेछ,’’ प्रधानमन्त्री ओलीले भने ।

महासभामा ‘फ्युचर समिट’मा सम्बोधन गरी आफूले मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने उनले अवगत गराए । हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आउँदो असोज १० गते महासभामा सम्बोधन गर्नेछन् । त्यसका निम्ति उनी असोज ४ गते अमेरिकातर्फ जाँदै छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro