site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको इज्जत तल पर्ने गरी काम गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आफूले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने जाने विषयमा जानकारी गराउँदै उनले नेपालको इज्जत तल पर्ने गरी काम नगर्ने बताए ।

उनले भने, “म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको प्रभाव, प्रतिष्ठा केही पनि तल पर्ने गरी काम गर्दिनँ ।”

राष्ट्रसंघको महासभामा आफूले बोलेका विषय नेपाल फर्किएपछि संघीय संसद्का दुवै सदनलाई जानकारी गराउने उनले बताए ।

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन आउँदो असोज ४ गते अमेरिका जाँदै छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro