site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद शाहीको प्रश्न– सरकार झण्डा हल्लाउन चलाउने हो ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेपाली स्याउले बजार नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले जुम्लाका किसानले उत्पादन गरेको स्याउ कोही पनि किन्न तयार नभएको भन्दै आपत्ति जनाए । उनले विदेशी स्याउले बजार पाउँदा नेपालीको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको जिकिर गरे ।

उनले भने, “विदेशी स्याउ नेपालका भाटभटेनीसहितका ठाउँमा छन् । तर, जुम्लाका किसानले उत्पादन गरेको स्याउ ७० रुपैयाँमा पनि कोही किन्न तयार छैनन् ।”

सांसद् शाहीले सरकारले किसानको दुःखमा मलमपट्टी नलगाएको भन्दै आक्रोश पोखे । उनले भने, “विषादी मिसाएको स्याउ बजारमा छरपष्ट छ । किसान दुःखी छन्, सरकार केही पनि गर्दैन ।”

उनले किसानको दुःखका केही नगर्ने भए सरकार किन चलाउने ? झण्डा हल्लाउन सरकार चलाउने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro